सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । यस सम्झौता अन्र्तगत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ । चेक र ब्त्ः को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता
by
Tags:
Leave a Reply