सहकारी डबली ४० मा ‘स्थानियता र सहकारी’ विषयमा छलफल


रौतहट, असोज २३ । रौतहटका सहकारीकर्मीहरूले स्थानिय तहले सहकारीलाई सेवा दिन नसकेको गुनासो गरेका छन् । सहकारी डबलीको ४० औँ श्रृङ्खलामा ‘स्थानियता र सहकारी’ विषयमा छलफल भएको थियो ।  छलफलमा सहभागीहरूले स्थानिय तहमा सहकारी संस्थाको दर्ता र नियमनको अधिकार हस्तान्तरण भएता पनि प्रभावकारी रूपमा काम हुन नसकेको धारणा राखे । सहकारी ऐन २०७४ले व्यवस्था गरेका दोहोरो सदस्यता अन्त्य, मुख्य कारोवारको विषय जस्ता अनिवार्य प्रावधानहरू कार्तिक १ गते देखि लागु हुने कुरा व्यवहारिक नभएको सहभागीहरूले बताए । कोभिड १९ को महामारीका कारण संस्थाको पैसा लगानी नभइ तरलता बढि भएको र लगानी गरिएको ब्याज असुल हुन समस्या भइरहेको सहभागीहरूको भनाई छ ।

छलफलमा विज्ञको रूपमा सहभागी हुनुभएका गरिवी निवारण कोषका पूर्व कार्यकारी निर्देशक नहकुल के.सी.ले स्थानिय तहले काम गरेन भनेर त्यसको विकल्प खोज्ने भन्दा निर्वाचित जनप्रतिनिधिहरूलाई कुरा बुझाउने र दवाब दिनु उपयुक्त हुने बताउनुभयो । के.सी.ले गरिबी निवारण कोषद्वारा रौतहटमा सहकारीमार्फत ठूलो पूँजि परिचालन गरिएको भन्दै त्यसलाई विपन्न बर्गको हितका लागि निरन्तर रूपमा प्रयोग गरिनु पर्ने भनाई राख्नुभयो । के.सी.ले प्रदेश सरकार तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रदेश नं. २ मा लागु गरेका क्षमता अभिबृद्धिको कार्यक्रमहरूबारे समेत जानकारी दिँदै सहकारी संस्थाहरूलाई त्यसबाट लाभ लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सल्लाहकार संघका सल्लाहकार विभु पोख्रेलले रौतहट जिल्लाको सहकारी अभयानबारे संक्षिप्त परिचय दिनुभएको थियो ।

सहकारी डबलीको ४०औं श्रृङ्खलाको सम्पादित भिडियो कार्यक्रम हरेकपल टिभिबाट असोज २७ गते मंगलबार प्रसारण हुनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
सहकारीको २५ वर्षे रणनीति तयार