१५ पौष २०७७, बागलुङ
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको प्रवन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त हुनुभएको छ । पौष १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । शर्मालाई हिजो संस्थामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पद्मनाथ शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराई जिम्मेवारी दिनुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अव्वल र दृढ संकल्पित व्यक्तिलाई प्रवन्ध सञ्चालकको रुपमा पाएको बताउनु भयो ।

सपथ ग्रहण पश्चात प्रवन्ध सञ्चालक शर्माले संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, संस्थाका सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल, स्वतन्त्र सञ्चालक अनिलकुमार झा लगाएतको उपस्थिती रहेको थियो ।
Leave a Reply