वागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने

१९ पुष २०७७, राष्ट्रिय सहकारी महासंघले बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन गर्नका लागि पहल सुरु गरेको छ । यसका लागि महासंघले एक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नुका साथै तयारी समिति गठन गरेको छ । महासंघका संचालक डि.वि. वस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरिएको हो ।  उक्त तयारी समितिमा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) का सालिक राम पुडासैनी, संकटा उपभोक्ता सहकारी सस्थाका विन्देश्वर श्रेष्ठ, हिलटप बहुउद्देश्यीयका सुमन विक्रम थापा, मनिप्लान्ट साकोसका ओमबहादुर बस्नेत, किर्तिपुर उपभोक्ता सहकारी संस्थाका लक्ष्मिकुमार महर्जन, जेष्ठ आइडियोलोजी साकोसका हेमबहादुर कार्की, चाइना ट्रेड बहुउद्देश्यीयका राजेन्द्र कुमार श्रेष्ठ, शुभलाभ वहुउद्देश्यीय सहकारी संस्था ललितपुरका आङदावा शेर्पा, र भक्तपुर सर्वसुलभ उपभोक्ता सहकारी संस्थाका कृष्ण गोविन्द्र लाखाजु, सपना बहुउद्देश्यीय सहकारी संस्थाका रामचन्द्र अर्याल, बालकुमारी साकोसका पंचकृष्ण श्रेष्ठ सदस्यको रूपमा रहनुभएको छ । कार्यक्रममा संबोधन गर्दै महासंघका अध्यक्ष मिनराज कडेलले ७ वटा प्रदेशमा सम्भाव्यता अध्ययन गरिएको र ती मध्ये सबैभन्दा बढी सम्भावना रहेको प्रदेशका रुपमा वागमती प्रदेश रहेको बताउनुभयो ।

अन्तक्रिया कार्यक्रममा संघ गठनको औचित्यबारे बताउँदै महासंघका संचालक तथा बागमती प्रदेश संयोजक डि.वी बस्नेतले सहकारीबाट उत्पादित बस्तु र उपभोक्ता सहकारीलाई मध्यनजर गरेर होलसेल मार्केटिङका लागि संघ खोल्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघको सम्भावना र आवश्यकताबारे प्रस्तुतीकरण राख्‍नुभयो ।

कार्यक्रममा महासंघका संचालक खेम पाठक, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, कोषध्यक्ष दिपक पनेरुलगायत वागमती प्रदेशका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *