मेचीनगरमा बैंकको ५८ औं शाखा संचालनमा

१९ पुष २०७७, राष्ट्रिय सहकारी बैंक लिमिटेडले झापाको मेचीनगरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मेची नगरपालिका प्रमुख बिमल कुमार आचार्य द्वारा उद्घाटन भएको हो। सहकारी बैंकले सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखी पुस मसान्तभित्र ६८ वटा शाखा सञ्चालन हुने ब्यहोरा गरेको छ। सहकारी बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको हो। नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *