बनेपा, काभ्रेपलान्चोक जिल्लामा मात्र नरहि नेपालमै नमुना सहकारी हो बुडोल सामुदायिक साकोस। सहकारीले कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गरी हुन सक्ने जोखिमलाई ख्याल गरेर २१ औँ वार्सिक साधरण सभा संस्थाका अध्यक्ष श्री रामहरि के.सी.को उपस्थितिमा सम्पन्न भएको छ। साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती र संस्थाको आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सदस्यहरुको सहभागिताको ब्यवस्था गरिएको थियो।
उक्त समारोहमा आर्थिक वर्ष ०७६/०७७ को सचिवको प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को कोषाध्याक्षको आर्थिक प्रतिवेदन र आर्थिक वर्ष ०७७/०७८, ०७८/०७९ को प्रस्तावित वार्षिक कार्य योजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधरण सभाले आगमी चार बर्षे कार्यकालको लागि कैलाश के.सी. को अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गर्दै उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी., संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित हुनु भएको छ। पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समितिको लागि सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।
Leave a Reply