मनासलु बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारणसभा


पुष २० ललितपुर, मनासलु बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड १९ को संक्रमणलाइ ख्याल गरी उच्च सतर्कता अपनाइ संस्थाको २१ औ वार्षिक साधारणसभा कार्यक्रम सम्मपन्न गर्‍यो। राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष्य दक्ष पौडेलले दीप प्रज्वलन गरी साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन गर्नु भयो । साधारण सभामा भिडभाड कम गर्नका लागि संचालक समिति, लेखा समिति, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको मात्र उपस्थितीको रहेको थियो । संस्थाले केहि दिन अघि देखि नै सदस्यहरूलाई विभिन्न सेवाकेन्द्रहरूमा उपस्थिति जनाउने व्यवस्था गरेको र वार्षिक प्रतिवेदन वितरण गरी सुझाव संकलन गर्ने कार्य गरेको संस्थाका सचिव अर्चणा अमात्यले बताउनुभयो । साधारणसभाको कार्यक्रम संस्थाको आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडलले अब सहाकरीले नयाँ प्रविधिहरू प्रयोग गरेर सदस्यलाई बढिभन्दा बढि सुविधा दिनुपर्ने बताउनुभयो । पौडेलले सहकारीले अब डिजिटल फिनान्सिङमा जानुपर्ने र यसबाट आन्तरिक तथा बाह्य रेमिट कारोबार, डिजिटल भुक्तानी लगायतका सेवाहरू सदस्यलाई दिन सक्ने धारणा राख्नु भयो । प्रविधिको प्रयोगले शहरी क्षेत्र र ग्रामिण क्षेत्रलाई पनि सहकारीकै माध्यमबाट जोड्न सक्ने उहाँको भनाई थियो ।

संस्थाका अध्यक्ष राजेन्द्र अबको कार्यकालमा परम्परागत तरिकाले हुँदै आएको कारोबार र सुबिधालाई प्रविधिमैत्री बनाउदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौड्यालले अबको कार्यकाल भित्र संस्थाको वासलात एक अर्ब पुर्‍याउने र सदस्य  संख्या ५ हजार पुर्‍याउने लक्ष्य लिएको बताउनु भयो।

साधारणसभामा संस्थाका उपाध्यक्ष्य दीपराम महर्जनले संचालक समितिले तयार पारेको प्रतिवेदन सदस्यहरुलाई अग्रिम रुपमा उपलब्ध गराइएको भएता पनि साधारणसभामा कोभिड १९ को कारणले सबै सदस्यहरु उपस्थित गराउन नपाएकोमा दुःख ब्यक्त गर्नु भयो ।

संस्थामा गत आर्थिक वर्षसम्ममा सदस्य संख्या २५५५ पुगेको छ भने कूल सम्पत्ति ७५ करोड ६२ लाख पुगेको छ । संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर पूँजी संकलन गरेको छ । साथै ५१ करोड ३ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ करोड ७३ लाख १७ हजार कर्जा लगानी गरेको छ । संस्थाले गत आर्थिक वर्षको कारोबारबाट ४६ लाख ९५ हजार रूपैयाँ करपछिको खुद आम्दानी गरेको छ ।

साधारणसभाको औपचारिक कार्यक्रम अघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरि आगामी चार बर्षे कार्यकाल का लागि संचालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्पन्न भएको जानकारी निर्वाचन समितिका संयोजक विजय चापागाईँले दिनुभयो । उक्त प्रक्रियाबाट अध्यक्षमा राजेन्द्र पौड्याल, उपाध्यक्ष्य दीपराम महर्जन, सचिव अर्चणा अमात्य, कोषाध्यक्ष्य मीना ताम्राकार, सञ्चालकहरू राजेश कुमार महर्जन, सानुछोरी महर्जन, रिता पाठक गजुरेल, अकलदाश महर्जन र दुर्गामान महर्जन तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा जीवन महर्जन र सदस्यहरूमा तेजबहादुर पौडेल र अरूणा अमात्य निर्विरोध निर्वाचित हुनु भएको चापागाईँले जानकारी गराउनु भयो । चापागाईँले  नवनिर्वाचित पदाधिकारी एवम् सञ्चालकहरुलाई सपथग्रहण गराई प्रमाणपत्र प्रदान गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन