पुष २५ काठमाडौँ, म्हेपी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औँ वार्षिक साधारणसभा कोभिड १९ को संक्रमणलाइ ध्यानमा राखी उच्च सतर्कता अपनाइ कार्यक्रम सम्मपन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला सहकारी संघका अध्यक्ष्य तथा सहकारी बैंकको संचालक ज्ञ्यान बाहादुर तामाङ्गले उपस्थिती जनाउनु भएको थियो। साधारण सभामा भिडभाड कम गर्नका लागि संचालक समिति, लेखा समिति, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको मात्र उपस्थितीको रहेको थियो । साधारणसभाको कार्यक्रम हरेकपल.कम को आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङ्गले सहकरीहरुले आफ्नो रणनितीक योजना बलियो बनाउनु पर्ने र धेरै भन्दा धेरै बर्ष सम्म अडिग रहने तरिकाले अघि बढ्नु पर्ने कुरा व्यक्त गर्नु भयो। संस्थाले आफ्नो भित्री व्यवस्थालाइ सृदिढ बनाउदै जानुपर्ने र अहिले आफुले धेरै सहकारी भन्दानी थोरै र बलियो हुनु पर्नेमा जोड दिनु भयो। यहि कुरालाइ अघि बढाउनको निम्ती सहकारीहरुलाइ एक आपसमा गाभिएर एक जुट हुनु पर्ने कुरा समेत व्यक्त गर्नु भयो। संस्थाका अध्यक्ष नारायण बाहादुर श्रेष्ठले “मस्तिकमा समजदारी काँधमा जिम्मेवारी अनि मात्र अघि बढ्छ सहकारी” भन्ने नारा लाइ अघि सार्दै संस्थाको आर्थिक वर्ष २०७६\२०७७ को वर्षिक प्रतिवेदन, आ.व २०७७\२०७८ को निती तथा कार्यक्रम र बजेट, लेखा सुपरिवेछण समितीको संयोजकबाट पेश भएको आ.व २०७६\७७ को प्रतिवेदन र लेखा परिक्षकको प्रतिवेदन पेश गर्नुभयो। साथै ऊक्त कार्यक्रममा श्रेष्ठले आ.व २०७७\७८ को लागि लेखा परिक्षकको नियूक्ति र पारिश्रमिक तोक्ने, सभाले गरेका निर्णयहरु प्रमाणित गर्न प्रतिनिधी छनौट गर्ने र लाभांस पारित गर्ने कुरा समेत व्यक्त गर्नु भयो।

संस्थामा गत आर्थिक वर्षसम्ममा शेयर सदस्य संख्या ८०४ भएको छ भने कूल सम्पत्ति २१ करोड ३६ लाख भएको छ । संस्थाले २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर पूँजी संकलन गरेको छ । साथै १४ करोड ३४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १४ करोड ७६३ लाख १३ हजार रकम कर्जा तथा सापटी गरेको छ । संस्थाले गत आर्थिक वर्षको कारोबारबाट ३० लाख ५४ हजार रूपैयाँ नाफा गरि १ लाख ३० हजार र्कजा नोक्सान कोषमा र २ लाख ६५ हजार कर्मचारी बोनस कोषमा गरि बाँकी २६ लाख ५७ हजारको आम्दानी गरेको छ ।
Leave a Reply