महासंघद्वारा नवनियूक्त सहकारी मन्त्रीको स्वागत


महासंघद्वारा नवनियूक्त सहकारी मन्त्रीको स्वागतराष्ट्रिय सहकारी महासंघले भूमी व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयको गरीमामय मन्त्री पदमा वहाली हुनुभएकोमा नेपालको सहकारी अभियान र महासंघकोतर्फवाट मन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई हार्दिक बधाई ज्ञापन एवं सफलकार्यकालको शुभकामना व्यक्त गरेको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले नेतृत्व गर्नुभएको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरीवी न्यूनीकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माण गर्नका लागि सहकारी क्षेत्र सहितको तीन खम्वे अर्थनीतिका माध्यमवाट “समृद्ध नेपाल र सुखी नेपाली” को परिकल्पना साकार पार्ने महान अभियानमा सहकारी क्षेत्रका तर्फवाट मन्त्रीज्यूूलाई सदैव साथ सहयोग रहने विश्वास दिलाउँदै यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि हार्दिक आव्हान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते नयाँ मन्त्री थप्नुका साथै मन्त्रीपरिषद् हेरफेर गरेपछि शिवमाया तुम्बाहाङफेले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । यस अघि उहाँ कानून न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्थ्यो ।

मन्त्रीसँगको भेटमा टोलीले सहकारीको विकास र विस्तारमा बाधक बनेका ऐनहरु संशोधन गर्ने विषयलाई महत्वपूर्ण रुपमा उठाएको थियो । त्यसैगरी कर्जा सुचना केन्द्र, बचत तथा सुरक्षण कोष स्थापना, स्थिरिकरण कोषको कानुनी बैधतालगायतका विषयमा छलफल भएको थियो । सहुलियतपूर्ण कर्जा सहकारीमार्फत उपलब्ध गराउनका लागि समेत भेटवार्तामा महासंघले माग गर्यो । मन्त्री तुम्बाहाङफेले ऐनहरु संशोधन गर्ने विषयमा आफू संवेदनशिल भएको बताउँदै सहकारी अभियानलाई बलियो बनाउनका लागि यसमा देखिएका कमी-कमजोरी हटाउन अभियानको शिर्षस्थ निकाय महासंघको योगदान आवश्यक रहने औल्याउनुभएको थियो । ‘समस्याग्रस्त सहकारी लगायतका विषयमा महासंघले योजनाबद्ध ढंगले काम गर्नुपर्ने , सहकारीमा समस्या आउन नदिन नियमनको पाटोमा के के हेर्न जरुरी छ त्यस विषयमा पनि महासंघको सल्लाह आवश्यक रहेको छ,’ उहाँले भन्नुभयो । महासंघका अध्यक्ष मिनराज कडेलले कर्जा सुचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोषको विषयमा महासंघले कार्यविधि मस्यौदा गरेर मन्त्रालयमा बुझाइसकेको जानकारी दिदै त्यसलाई अगाडि बढाइदिन आग्रह गर्नुभएको थियो । महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरीवी न्यूनीकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माण गर्नका लागि धेरै ऐन कानुन संशोधन हुन आवश्यक रहेको औल्याउनुभयो । उहाँले सहकारी समस्याग्रस्त बन्नुमा सरकारी निकायहरुले समेत जिम्मेवारी लिनुपर्ने र त्यसका लागि सहकारी संघ संस्थाहरु एक तह माथिको संघ संग अनिवार्य रुपमा सदस्य वन्ने कानूनी व्यवस्थाका लागि जोड दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीलाई एकीकरणमा जानका लागि प्रोत्साहन गर्ने विशेष सुविधा दिनुपर्ने, सहकारी प्रवद्र्धन कोषलाई कार्यान्वयनमा लैजानु पर्ने तथा सरकारीकोषका सहुलियतपूर्ण ऋणहरु सहकारीमार्फत उपलब्ध गराउन आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा सहकारीको गुणात्मक विकासका लागि मन्त्रीज्यूले विशेष चाँसो राख्नुभएको थियो भने सहकारीका अग्रज नेतृत्वगणले सरकार र सहकारी अभियानको संयूक्त पहलकदमी अपरिहार्य रहेको विषय उठानउनु भएको थियो ।

भेटका अवसरमा नेफ्स्‍कुनका अध्यक्ष परितोष पौडेलले नेफ्स्कुनले वित्तिय सहकारीको सुरक्षाका लागि स्थिरीकरण कोष स्थापना गर्न लागेको जानकारी गराउदै सोका लागि मन्त्रालयका तर्फदेखी सहयोगको आवश्यक्ता औल्याउनुभयो ।सो टोलीमा महासंंघका संचालक टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, नेफ्स्कूनका का.मु. सिइओ प्रकाश पोख्ररेल लगायतका प्रतिनिधिहरु सम्मिलित हुनुहुन्थ्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
चितवनमा प्रोबेसन अभिमुखीकरण कार्यक्रम
बर्दियाको राजापुरमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम
चितवनमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम