राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा

राष्ट्रिय सहकारी महासंघको भौतिक उपस्थिति तथा भर्चुअल रुपमा भएको २८ औं बार्षिक साधारण सभाको झलकहरु । महासंघको साधारण सभाको उद्घाटन अर्थ मन्त्री विष्णु पौडेलले गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेको विशेष उपस्थिति थियो । साधारण महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा भएको थियो भने महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

साधारण सभामा निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले लेख्नुभएको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन विमोचन गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रलाई महासंघले सामाजिक संजालबाट लाइभ समेत प्रसारण गरेको थियो । साधारण सभालाई महासंघका सल्लाहकारहरु सांसद उषा झा, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष कडेलले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संचालन महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नुभएको थियो । बन्द सत्रमा एक दर्जनबढी राष्ट्रिय प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनीक गर्नुपर्ने, सरकारसँग लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरुको स्तरबृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानआकर्षण गराएका थिए ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *