राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाण्डौको बलम्बु, नयाँबाजार र पुतलिसडक गरी उपत्यका भित्र थप ३ नयाँ शाखा संचालनमा ल्याएको छ | चन्द्रागिरी नगरपालिका नगरप्रमुख घनश्याम गिरीले शाखा कार्यालय बलम्बु र बैंकका अध्यक्ष के.बी उप्रेतीले फरक फरक समयमा शाखा कार्यालय नयाँबजार र शाखा कार्यालय पुतलिसडकको उद्घाटन गर्नु भएको हो ।

सहकारी बैंकले यही पुस मसान्त भित्र ६८ वटा शाखा मार्फत सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा विस्तारलाई तिब्र बनाएको बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन ।

नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।
Leave a Reply