इटहरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जिल्ला बचत संघ लि.सुनसरी बीच नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमका बिषय मा पुस २८ गते मंगलबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ लि.सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व जिल्ला बचत संघका अध्यक्ष शिवराज श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि संघका संस्थापक संयोजक तथा वर्तमान सल्लाहकार जंगबहादुर खड्का रहनु भएको थियो ।
नेफ्स्कूनको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमको सम्बन्धमा यसको औचित्य र दुरगामी प्रभावका सम्बन्धमा नेफ्स्कूनकातर्फबाट प्रस्तुति सहित सहजिकरण गरिएको थियो । बचत संघ सुनसरीको संञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप–समिति र कर्मचारीको सहभागितामा सम्पन्न कार्यक्रममा संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने महिला उपाध्यक्ष विमला प्रधानले मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको बचत संघका कर्मचारी खगेन्द्रप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।
Leave a Reply