काठमाडौं । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित हुनुभएको छ । पौष ३ गते शनिबार सम्पन्न संघको ४७ औं बार्षिक साधारण सभामा भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार कोइराला निर्वाचित हुनुभएको हो । कुल १ सय ९८ मत सहित उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो भने उहाँका निकटम प्रतिद्धन्दी बलराम गौतमले ७८ र धर्मराज अर्यालले ३६ मत प्राप्त गर्नुभएको थियो । १० मत बदर भएको थियो । कोइराला नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि हुनुहुन्छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दिपकराज बाँस्तोला, कोषाध्यक्षमा नबराज बराल निर्वाचित हुनुभएको छ । विषयगत जिल्ला संघहरुको तर्फबाट कफी सहकारी संघका प्रतिनिधि आनन्द सुबेदी निबिैरोध निर्वाचित हुनुभएको छ भने राष्ट्रिय प्रतिनिधिमा दिपक प्रकाश आचार्य निर्वाचित हुनुभएको छ ।
सोही संघकी पूर्व अध्यक्ष प्रदेश सांसद प्रभा कोइरालालाई पछि पार्दै आचार्य अत्यधिक मतले निर्वाचित हुनुभएको हो । आचार्यले २१४ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाको पोल्टोमा ८६ मत प्राप्त भएको थियो । त्यसैगरी संचालक समिति सदस्यमा खेमबहादुर गुरुङ निर्वाचित हुनभुएको छ भने महिला सदस्यमा कौशिला गुरुङ, बिना लोहनी, मैना देवी रावत र चन्द्र कुमारी पराजुली निर्वाचित हुनुभएको छ ।
Leave a Reply