जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
बाँके । जिल्ला सहकारी संघ बाँकेको २९ अौ बार्षिक साधारणसभा बाट प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा सञ्चालक समिति तथा खड्ग बहादुर वलीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गर्नुभएको छ । समितिको उपाध्यक्षमा मिना ढुंगाना (सिग्देल), सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमान सिंह वली, विन्दा कुमारी खरेल, प्रेम बहादुर शाही, निर्मला रोकाय, नवराज उपाध्याय निर्वाचित हुनुभएको छ भने लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा सिता काफ्ले र शेरबहादुर बस्नेत सर्वसम्मत चयन हुनु भएको छ ।