चितवनमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम


चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा आज नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अध्यक्षता गर्नुभएको कार्यक्रममा सङ्‍घकी सञ्‍चालक विद्या कोइराला, जिल्ला सहकारी सङ्‍घका सञ्‍चालक सुशिला उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लिमिटेड चितवनका सञ्‍चालक ऋतु गिरी लगायतका अतिथिको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वी चितवन क्षेत्रका विभिन्‍न साकोसका सञ्‍चालक तथा व्यवस्थापन प्रतिनिधि गरी ५३ जनाको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले नेफ्स्कूनको भूमिका तथा सेवा व्यवसाय, साकोस अभियान, स्तरीकरण कार्यक्रम, सञ्‍जाल सम्बन्ध र महत्व आदिका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्‍चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य राख्‍नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनको सेवा बारेमा संघका कार्यक्रम अधिकृत सुरज चालिसेले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम सञ्‍चालन नेफ्स्कूनकी फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न