बर्दियाको राजापुरमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम


राजापुर, बर्दिया । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्‍जको आयोजना तथा व्यवस्थापनमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम बर्दियाको राजापुरमा सम्पन्‍न गर्भनुएको छ । नेफ्स्कून सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बर्दियाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्‍न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बर्दियाका उपाध्याक्ष विजय शाह, बचत संघका लेखा समिति सदस्य यमबहादुर थापा अतिथिका रुपमा सहभागी हुनुभएको थियो । बिजय शाहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा १३ बचत तथा ऋण सहकारी संस्थाबाट ४७ जनाको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्‍चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि संघ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रमा सञ्‍चालित साकोसका स्वंयसेवी र व्यवस्थापनको क्षमता अभिवृद्धिका लागी तत्कालै यस क्षेत्रमा क्षमता विकासका कार्यक्रमहरु सञ्‍चालन गर्न व्यवस्थापन पक्षलाई उहाँले निर्देशन समेत दिनुभयो । कार्यक्रममा नेफ्स्कून सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य नवराज न्यौपानेले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था सँगै जिल्ला बचत तथा तथा ऋण सहकारी सङ्‍घको सक्षमता विकास तथा सबलीकरणका लागि सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेफ्स्कून सेवा व्यवसायका सम्बन्धमा संघका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्‍चालन नेपालगञ्‍ज फिल्ड ईन्चार्ज यमबहादुर डाँगीले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्‍चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि संघ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो ।

यस क्षेत्रमा सञ्‍चालित साकोसका स्वंयसेवी र व्यवस्थापनको क्षमता अभिवृद्धिका लागी तत्कालै यस क्षेत्रमा क्षमता विकासका कार्यक्रमहरु सञ्‍चालन गर्न व्यवस्थापन पक्षलाई उहाँले निर्देशन समेत दिनुभयो । कार्यक्रममा नेफ्स्कून सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य नवराज न्यौपानेले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था सँगै जिल्ला बचत तथा तथा ऋण सहकारी सङ्‍घको सक्षमता विकास तथा सबलीकरणका लागि सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेफ्स्कून सेवा व्यवसायका सम्बन्धमा संघका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्‍चालन नेपालगञ्‍ज फिल्ड ईन्चार्ज यमबहादुर डाँगीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम