नेफ्स्कून र बचत सङ्‍घ बाँके बीच कर्ब्स अभिमुखीकरण सम्पन्‍न


बाँके । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्‍ज बाँकेमा नेफ्स्कून र बचत सङ्‍घ बाँके बीच जोखिममा आधारित साकोस सुपरिवेक्षण कर्ब्स अभिमुखीकरण सम्पन्‍न भएको छ । उक्त्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घका अध्यक्ष प्रकास ज्ञवाली को अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । लुम्बिनी प्रदेश सहकारी सङ्‍घका अध्यक्ष एवम् जिल्ला सहकारी सङ्‍घ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी सङ्‍घका बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य मिना सिग्देल लगायत थुप्रै सहकारी कर्मीहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्‍चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि सङ्‍घ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्‍चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनद्वारा सञ्‍चालित स्तरीकरणका कार्यक्रममा बचत सङ्‍घ मार्फत आबद्ध हुनुपर्नेमा जोड दिँदै नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अतिथि प्रेम प्रसाद सुवेदीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कून र बचत संघमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्‍चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो ।

नेफ्स्कूनको प्रविधिक सहयोगमा सम्पन्‍न कार्यक्रममा नेफ्स्कून जिल्ला बचत सङ्‍घ साझेदारी कार्यक्रम, यसको औचित्य र दुरगामी प्रभावका सम्बन्धमा नेफ्स्कूनका तर्फबाट प्रस्तुति सहित सहजिकरण गरिएको थियो । नेफ्स्कून र बचत संघ बाँके बीच कर्ब्स अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तब्य बचत सङ्‍घका लेखा संयोजक कृष्णा पाठकले गर्नुभएको थियो । सहजिकरण सङ्‍घका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुगानाले र औपचारिक सञ्‍चालन बचत सङ्‍घका सचिव प्रेम बहादुर शाहले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन