पूर्वका पाँच साकोसबीच एकीकरण
काठमाडौं । पूर्वका ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबीच आज औपचारिक रुपमा एकिकरण भएको छ । फडानी साकोस, जनचाहना साकोस, गोदावरी साकोस, खैरेनि साकोस र धोबी साकोस बिच एकीकरण भई जनचाहना साकोस कायम गरि मिति २०७७ माघ ११ बाट एकीकृत कारोबार गरिने सहमति भएको छ ।

एकीकृत संस्थाले आज प्रदेश नं १ को प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरी सुनसरीबाट एकिकरण प्रमाणपत्र समेत प्राप्त गरेको छ ।