बजरंगबली साकोसको संस्थागत विकास तालिम सम्पन्‍न


नगरकोट । मध्यपुर थिमि वडा नं. १ लोहकिन्थलीस्थित बजरंगबली साकोसको संस्थागत विकास तालिम आज सम्पन्‍न भएको छ । माघ ८ देखि १० सम्म भक्तपुरको नगरकोटमा सञ्‍चालित उच्चस्तरीय तालिममा २० जनाको सहभागिता थियो ।

समापन समारोहमा संस्थाको गतिविधिका सम्बन्धमा व्यवस्थापक सन्तकृष्ण हेक्काले धारणा राख्नुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिना र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष अष्टकुमार कवेले तालिममा सिकेको कुरा र तयार पारिएको कार्ययोजना व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तालिम सहभागीहरुले संस्था सञ्‍चालनका लागि तालिम अत्यन्त उपलब्धिमूलक रहेको बताउनुभएको थियो । नेफ्स्कूनका प्राचार्य तिमल्सिनाले सहभागीहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न