सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता विकास तालिम सम्पन्‍न


बचत तथा ऋण जिल्ला सहकारी सङ्‍घ लि. बाँकेका अध्यक्ष प्रकास ज्ञवालीको अध्यक्षता र नेफ्स्कून ब्यवस्थापन उप–समिति सदस्य विष्णुबहादुर रिमालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा ब्यवस्थापन उप–समिति सदस्यहरु, मनोचिकित्सक छविलाल अधिकारी र जिल्लाका ३० ओटा साकोसहरुबाट ३८ जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि रिमालले अहिलेको विष्म परिवेशमा प्रारम्‍भिक साकोहरुमा फ्रन्ट लाईनमा काम गर्ने कर्मचारीहरुलाई अहिलेको प्रतिस्पर्धात्मक बजारसँगको विद्यमान चुनौति र यसको सामना शक्ति विकासमा लाग्‍न अनुरोध गर्नुभयो ।

साथै साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्‍चालन गर्नुपर्ने, तरलता ब्यवस्थापनसँग संस्थाको ख्याति, सञ्‍चालक तथा ब्यवस्थापनको भविष्य, सदस्यको बचतको सुरक्षा, सहकारी अभियानको प्रतिष्ठा लगायतका विषय जोडिएको हुदाँ यी विषयहरुमा बजार प्रतिनिधिहरुले विषेश ध्यानदिनुपर्ने बताउँदै सक्षमता अभिवृद्धि गर्न र सदस्यमैत्री सेवा प्रवाहका लागि साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । तालिम सहजिकरण सङ्‍घका बरिष्ठ अधिकृत दिपकप्रसाद ढुङ्‍गाना र कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापन बचत सङ्‍घका सचिव प्रेमबहादुर शाहले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन