सुनसरीको धरान क्षेत्रका साकोसहरुका लागि कर्ब्स अभिमुखीकरण


सुनसरी । जिल्ला बचत सङ्‍‍घ सुनसरीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्‍घ लि. नेफ्स्कूनको साझेदारीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रम सुनसरीको धरानमा माघ ९ गते सम्पन्‍न भएको छ । बचत सङ्‍घ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको सभापतित्व र नेफ्स्कून सञ्‍चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्‍न कार्यक्रममा सुनसरीको धरान क्षेत्रमा रहेका २४ बटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी २७ जना सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि नेपालले साकोस गुणस्तर सुनिश्‍चितताका लागि ब्राण्डिङ कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै धरान क्षेत्रका सम्पूर्ण बचत तथा ऋण सहकारीहरुले संस्थाहरुलाई नीति, विधि र प्रविधिको प्रयोगमा जोड दिनुका साथै नेफ्स्कूनद्वारा प्रवर्द्धित स्तरीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्यसैगरी बचत सङ्‍घका अध्यक्ष शिवराज श्रेष्ठले बचत तथा ऋण सहकारी संस्थाहरुको दिगो विकास र सुदृढिकरणका लागि नेफ्स्कूनको निरन्तरको निगरानी आवश्यक रहेको विचार व्यक्त गर्दै सुनसरीको धरानमा पनि नेफ्स्कून सेवा केन्द्र स्थापनाका लागि सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कून जिल्ला सङ्‍घ साझेदारीका कार्यक्रमहरुलाई तीब्र रुपमा अगाडि बढाउन सङ्‍घको पहल कदामी रहने समेत दावी गर्नुभयो ।

नेफ्स्कून कार्यक्रम अधिकृत सन्दीपराज ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम सञ्‍चालन बचत सङ्‍घ सुनसरीका सचिव प्रल्हाद दाहालले गर्नुभएको थियो भने समापन महिला उपाध्यक्ष एवम् शिक्षा तथा तालिम उपसमिति संयोजक विमला प्रधानले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध
पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण