मेची कोशी तेस्रो क्लस्टरको तेस्रो कार्यशाला (PALM Workshop) धरानमा सम्पन्‍न


धरान । गोरखा साकोसको आयोजनामा मेची कोशी तेस्रो क्लष्टरको तेस्रो कार्यशाला गोरखा साकोसको अध्यक्ष मानबहादुर राईको अध्यक्षता, प्रमुख अथिति नेफ्स्कून सञ्‍चालक सदस्य गोमा नेपाल र बिशेष अथिति जिल्ला बचत सङ्‍घ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, अथिति नेफ्स्कून पूर्वसञ्‍चालक तथा पुरस्कार तथा सम्मान उपसमिति सदस्य चन्द्राकुमारी खड्का र पूर्वअञ्‍चल क्षेत्रीय कार्यालय प्रमुख सन्दिपराज ढकालको उपस्थितिमा आज सुनसरीको धरानमा सम्पन्‍न गर्नुभएको छ ।

कोभिड १९ को कारणले भौतिक रुपमा सम्पन्‍न हुन नसकेको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला ११ वटा साकोसहरुका अध्यक्ष, प्रोबेशन कार्यदल संयोजक र ब्यवस्थापक गरी २७ जनाको उपस्थितिमा आज सम्पन्‍न गर्नुभएको छ । कार्यशालामा नेफ्स्कून सञ्‍चालक गोमा नेपालले प्रोबेशन म्यानुअलको सम्पुर्ण सूचकहरु मिलेपछि साकोस स्तरीकृत हुने र सदस्यहरुको पहिलो रोजाईमा पार्ने किसिमले आफ्नो साकोस राम्रो बनाएर जानुपर्ने बताउनुभयो ।नेफ्स्कून पूर्वसञ्‍चालक, पुरस्कार तथा सम्मान उपसमितिको सदस्य चन्द्राकुमारी खड्काले नेफ्स्कून अन्तर्राष्ट्रिय सहकारीसंग आबद्ध रहेकोले अन्तर्राष्ट्रिय जगतको नविनतम नीति, विधि र प्रविधिको कारणले साकोसहरुलाई लक्ष्य हासिल गर्न मद्दत पुगिरहेको बताउनुभयो । कार्यशालामा ११ वटा साकोसका ब्यवस्थापकले आ-आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा वित्तीय बिश्लेषण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचकमा सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन