मंगलज्योति साकोसको कार्यालय उद्घाटन


काठमाडौं । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका स्थित मंगल ज्योति बचत तथा ऋण सहकारी संस्थाको कार्यालय आज सोही नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । विगत दश वर्ष देखि उक्त साकोस कागेश्वरी मनोहरा नगरपालिकालाई कार्यक्षेत्र बनाउदै सञ्‍चालित छ । कार्यालयको उद्घाटन गर्नु हुदै नगर प्रमुख थापाले संस्थाले गर्ने ऋण लगानी सुरक्षित र विश्‍वनिय हुनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

नेफ्स्कूनका कोषअध्‍यक्ष दिपक पनेरुले सदस्य मैत्री संस्थालाई नेफ्स्कूनले संस्थाको संस्थागत विकासमा आवश्यक सम्पूर्ण सहयोगहरु प्रदान गर्ने प्रतिवद्धता सहित संस्थाको वृद्धि विकास र सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सोही वडाका वडाअध्यक्ष कुन्दन खड्का सहित संस्थाका सञ्‍चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न
फेन्सी साकोसको क्यूआर कोड सेवा
साकोसको एकरुपता प्रणाली गोष्ठी सम्पन्‍न
नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता