हाम्रो एकीकृतको चौथो स्थापना दिवस तथा अर्धवार्षिक समिक्षा सम्पन्‍न


काठमाडौं । स्वयम्भू स्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले एकीकरण पश्‍चात चौथो स्थापना दिवस मनाएको छ । २०७४ माघ ११ गते काठमाडौंका विभिन्‍न ठाउँमा सञ्‍चालित पाँच साकोसः- आमा, जिविकोपार्जन, पिसल्याण्ड, शिक्षा र सहभागिता साकोस बीच एकीकरण पश्‍चात बनेको हाम्रो एकीकृत साकोसले ३ वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर हिजो केन्द्रीय कार्यालय स्वयम्भूमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीचमा संस्थाको आ व २०७७/०७८ को अर्धवार्षिक समिक्षा सहित आगामी छ महिनाका लागि व्यावसायिक रणनितिहरु तयार पार्दै ५१ प्रतिशतले पुँजीबृद्धि गर्दै ३१ करोडको वासलात पुरा गर्ने र आगामी अषाढ मसान्त सम्ममा करिव ५० करोडको कुल वासलात बनाउने लक्ष्य तयार पार्ने जनाएको छ ।


नेफ्स्कूनका अध्यक्ष समेत रहनुभएका संस्थाका अध्यक्ष परितोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहाकार, विभिन्‍न सेवाकेन्द्रका व्यवस्थापन उपसमिति सदस्य, विभिन्‍न विषयगत समितिहरु, लेखा सुपरिबेक्षण समिति तथा सञ्‍चालक समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागी बक्ताहरुले विश्यव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण व्यवसायमा परेको कठिनाइको सामना गर्दै संस्थाले सदस्य सेवा प्रभावकारीतामा विशेष जोड दिएको स्पष्ट पार्नुभयो । नीति, विधि र प्रविधि प्रयोगमा प्राथमिकीकरण, सेवाको प्रविधिकरण मार्फत सदस्य सन्तुष्टी र व्यवसाय वृद्धिमा संस्थाको क्रमिक विकास भईरहेको जानकारी गराउँदै संस्थाको गतिशिलतालाई थप बृद्धि गर्न सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

स्थापना दिवसको औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्नो नियमित सेवालाई सार्वजनिक विदामा समेत सञ्‍चालन गर्ने गरि नयाँ कार्यालय समय तालिका सार्वजनिक गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत साउदले आजकै मितिदेखि हप्ताको सातैदिन सदस्यहरुले संस्थाका सबै कार्यालयहरुबाट सेवा पाउने जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन