नेफ्स्कूनको अर्धवार्षिक समिक्षा एवम् उपसमितिहरूको क्षमता विकास गोष्ठी शुरु


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्‍घ लि. नेफ्स्कूनको अर्धबार्षिक समिक्षा तथा फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी आजबाट शुरु भएको छ । जिल्लागत रुपमा विभिन्‍न चरणमा सञ्‍चालित अर्धबार्षिक समिक्षा एवम् क्षमता विकास गोष्ठी पहिलो चरणमा आज मकवानपुरबाट शुरु भएको हो । आजको गोष्ठीमा नेफ्स्कूनको झापा, सुनसरी, जनकपुर, सर्लाही, पर्सा र मकवानपुर फिल्ड कार्यालयको समिक्षा बैठक साथै सम्बन्धित फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम सञ्‍चालन भइरहेको छ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्‍चालक गोमा नेपाल, घनश्याम अधिकारी, विद्या कोइराला, नेफ्स्कूनका कार्यप्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, विभागीय प्रमुखहरु क्रमश दुर्गाप्रसाद ढकाल, राधेश्याम श्रेष्ठ लगायत फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको छ । अर्धबार्षिक समिक्षा तथा उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी भोलि चितवनमा, माघ १५ गते नेपालगञ्‍जमा र माघ १८ गते काठमाडौंमा सञ्‍चालन हुँदैछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम