चितवनमा भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्धि तालिम शुरु

चितवन । चितवन बचत तथा ऋण केन्द्रीय सहकारी सङ्‍घ लि. को आयोजनामा जिल्ला सङ्‍घ साझेदारी कार्यक्रम अन्तर्गत भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्‍धि २ दिने तालिम आज शुरु भएको छ । चितवन जिल्ला सहकारी सङ्‍घको सभाहलमा आयोजित तालिमका अध्यक्ष एवम् चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लि. का अध्यक्ष हरिचन्द सुुबेदीले ब्यानर बाचन गरेर तालिम उद्घाटन गर्नुभएको थियो । उहाँले सहकारीको जननी चितवन भएको बताउँदै यसको साख जोगाउन पनि चितवनका सहकारीहरुको बिशेष भूमिका रहेको बताउनुभयो ।

त्यसका लागि सहकारी संस्थाले ऋण कसरी भाखा नाघ्छ, ऋण लगानी प्रक्रिया, सहकारीमा गुणस्तर वृद्धि, सुशासन, प्रविधि मैत्री साकोस, नगद एवम् शाखा रहित कारोबारको तयारी, सहकारी एकिकरण, अन्तर सहकारी समन्वय, दिगो र सबल साकोसको लागि ऐक्यबद्धतामा जोड दिनुभएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लि. का सदस्य मिनप्रसाद सुुबेदी, तालिम तथा शिक्षा समिति सदस्य हरिकृष्ण चापागाई चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लि. की व्यवस्थापक अनिता न्यौपाने लगायतका अतिथि सहभागी कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा तथा तालिम उपसमिति सदस्य चापागाईले तालिममा सहभागीहरुले सक्रियता साथ ऋण असुलीका प्रक्रियाका विषयमा जानकारी लिनु अत्यन्त आवश्यक भएकोमा जोड दिनुभयो ।

नेफ्स्कूनको प्राविधिक सहयोग रहेको उक्त तालिमको सहजिकरण सङ्‍घका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ । उक्‍त कार्यक्रममा ४० संस्थाका ४६ जना सहभागी तालिमको उद्घाटन पुरुषोत्तम ढकालले सञ्‍चालन गर्नुभएको थियो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *