जनचाहना साकोसको एकीकृत कारोबार सुरु

मोरङ । जिल्लाको लेटाङ नगरपालिका वडा नं २ स्थित ५ वटा एकै प्रकृतिका फडानी, जनचाहना, गोदावरी, खैरेनी र धोबी बचत तथा ऋण सहकारी संस्थाहरु एकीकरण भई जनचाहना बचत तथा ऋण सहकारी संस्थाको नामबाट विधिवत कारोबार प्रारम्भ भएको छ । एकीकृत कारोबारका प्रमुख अतिथिले पानसमा बत्ति बाली, रजिष्ट्रार बलराम निरौलाद्धारा कम्प्युटरबाट एकीकृत सफ्टवेयर खोलेर तथा अन्य अतिथिहरुबाट ब्यानरमा हस्ताक्षर गरी शुभारम्भ गर्नुभएको थियो । एकीकरण संगै अब संस्थाको सेयर पुँजी ५ करोड ८ लाख १९ हजार ७ सय, ६० करोड ५ लाख ९८ हजार ९४९ रुपैंया निक्षेप भएको छ भने ४९ करोड २२ लाख ४९ हजार ४०६ रुपैंया ऋण लगानी रहेको छ । त्यसैगरी ३ करोड ५३ लाख १५ हजार जगेडा कोष पुगेका छ भने ७ हजार ६० सेयर सदस्य, १९३२ बाल बचतकर्ता र २२ जना कर्मचारी पुगेको एकिकरणपछिको संस्थाका सह-व्‍यावस्थापक टंकबहादुर मज्‍कोटीले जानकारी दिनुभएको छ ।

नेकोस प्लस सफ्टवेयरद्धारा आजबाट सबै सेवा केन्द्रबाट कारोबार सुरु गरिने र अन्य आन्तरिक ब्यवस्थापन क्रमश गर्दै देशको चिनिदो र चुनिदो संस्था निर्माणका निमित्त समुदायमा आधारित रही नीति, विधि र प्रविधिमार्फत सदस्यलाई भरपर्दो वित्तीय सेवा दिई सबै वित्तीय कारोबारको केन्द्रको रुपमा एकीकृत संस्था रहने प्रतिबद्धताका साथ ३ महिना भित्र सबै सेयर सदस्यको उपस्थितमा एकीकृत साधारण सभा सम्पन्‍न गर्ने लक्ष्य संस्थाले लिएको छ । एकीकरण पश्‍चात सफ्टवयर मार्फत एकीकृत कारोबारका लागि नेफ्स्कून सूचना प्रविधि र एक्सक्लुसिभ माइण्डज् को टीमले सहजीकरण गरेको थियो । संस्थाको नाम एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था परिवर्तन गर्दै संस्थाको सञ्‍चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गरी संस्थालाई थप अग्रगतिका साथ सञ्‍चालन गर्ने संस्थाका अध्यक्ष हेरम्बराज भट्टराईले जानकारी दिनुभयो ।

संस्थाको तदर्थ समितिका अध्यक्ष हेरम्बराज भट्टराईको अध्यक्षता साथै निवर्तमान सङ्‍घीय साम्‍सद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता, लेटाङ नगरपालिकाका मेयर शंकर राईको बिशिष्ट आतिथ्यता, लेटाङ नगरपालिका उपमेयर कृष्णकुमारी निरौला, राष्ट्रिय सहकारी मंहासङ्‍घका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, प्रदेश सहकारी रजिष्टार कार्यलयका रजिष्ट्रार बलराम निरौला, प्रदेश सहकारी सङ्‍घका अध्यक्ष डिल्ली पोखरेल, लेटाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालको विशेष आतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ मोरङका अध्यक्ष सोमनाथ निरौला, जिल्ला सहकारी सङ्‍घका सञ्‍चालक सदस्य अमृत गुरुङ लेटाङ नगरपालिकाका वडा अध्यक्ष तेज प्रसाद तिमिल्‍सेना, नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशबप्रसाद पोखरेल, जिल्ला सङ्‍घका संस्थापक अध्यक्ष, पूर्वगाबिस अध्यक्ष चन्द्रप्रसाद गौतम साथै अन्य अतिथि, तदर्थ सञ्‍चालक समिति, लेखा सुपरिवेक्षण समिति, विवाद समाधान समिति, सम्पत्ति मुल्याङ्न समिति र सबै संस्थाका पूर्वसञ्‍चालक समिति, पूर्व लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, र उच्च व्यवस्थापनको उपस्थितमा संस्थाको मुख्य कार्यालय लेटाङ–२, फडानीमा भएको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रम सम्पन्‍न गरिएको थियो ।

कार्यक्रममा उपस्थितलाई तदर्थ समितिका उपाध्यक्ष इश्वरप्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो भने संस्था एकीकरण पछि हाल सम्म आइपुग्दाको अवस्थाका बारेमा संस्था मुख्य व्‍यावस्थापक पारस लुइटेलले प्रस्तुति गर्नुभएको थियो । प्रमुख अतिथि धनश्याम खतिवडा, बिशिष्ट अतिथि शंकर राई, बिशेष अतिथि कृष्णकुमारी निरौला, रमेशप्रसाद पोखरेल, बलराम निरौला साथै अतिथिहरुमा सोमनाथ निरौला र तेज प्रसाद तिमिल्‍सेनाले शुभकामना मन्त‍व्‍य राख्नुभएको थियो । उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष सुरेश अधिकारीले संचालन गर्नुभएको थियो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *