काठमाडौं । चन्द्रागिरी नगरपालिका ३, थानकोट इमाखेल स्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७७ माघ ११ र १२ गते त्यसै संस्थाका उद्यमशील शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको विक्री मेला तथा प्रदर्शनी इमाखेलमा सम्पन्न भएको छ । आफ्ना शेयर सदस्यहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले विक्री मेला तथा प्रदर्शनी आयोजना गरिएको उक्त संस्थाकी व्यवस्थापक विपना महर्जनले बताउनुभयो । विक्री मेला तथा प्रदर्शनीमा सोही संस्थाका १५ जना शेयर सदस्यहरुका १० वटा स्टल राखिएका थिए ।

त्यस मेला तथा प्रदर्शनीमा चन्द्रागिरि नगरपालिकाका स्थानीय उद्यमी तथा उक्त संस्थाका २१ जना शेयर सदस्यहरुहरुले उत्पादन गरेका तरकारी, अचार, च्याऊ, हाँस तथा बट्टाईका अण्डा, ह्ण्ड्रीक्राफ्ट सामाग्री , योमरी, छोइला, टोपी, मोजा र डल्ला तथा झोल सावुन राखिएको थियो ।स्थानीयबासी लगायतको उल्लेख्य सहभागिता रहेको सो मेला तथा प्रदर्शनीमा पहिलो दिन ६० हजार रुपैया बराबरको र दोस्रो दिन पनि त्यही हाराहारीमा सामाग्री विक्री भएको आयोजकको भनाई छ । सोही संस्थाको आयोजना तथा सभा नेपाल र लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोगमा गत महिना २ चरणमा सम्पन्न ‘पर्थ सम्पदा उद्यमशील विकास तालिमको सफल अभ्यास’ मा सहभागी त्यसै संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्री मेला तथा प्रदर्शनीमा राखिएका थिए । दीप प्रज्वलन गरी सोही संस्थाकी अध्यक्ष सपना श्रेष्ठले उक्त मेला तथा प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७७र०७८ मा २,६०० सय जना शेयर सदस्य , १ करोड ४९ लाख रुपैया शेयर पूँजी र १६ करोड रुपैया कूल कारोवार पुर्याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको यस संस्थामा २०७७ माघ १२ गतेसम्म शेयर सदस्य संख्या २,३०० , शेयर पूँजी रु.१ करोड २० लाख , निक्षेप सङ्कलन रु.१० करोड ८० लाख , कर्जा लगानी रु.९ करोड ८० लाख , जगेडा तथा अन्य कोष रु.१ करोड ३६ लाख र कूल कारोवार रु.१३ करोड ८१ लाख रहेको उक्त संस्थाकी व्यवस्थापक महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो ।

स्थानीय समुदायमा आधारित उक्त संस्थाको २०७७ मंसीर ४ देखि १५ गतेसम्म सहकारी विभागको सहकारी संघ-संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी १४औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
Leave a Reply