चितवनमा पाचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्‍न

चितवन । पुष्पाञ्‍जली बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–१, नारायणगढ, चितवनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम नारायणी क्लस्टर दोस्रो समुहको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रम २०७७ माघ १२ गते भरतपुर–१०, स्थित सगुन पार्टी प्यालेसमा संस्थाका अध्यक्ष श्रवण रेग्मीको सभापतित्वमा भएको थियो।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संङ्‍घ लि. का सञ्‍चालक तेजेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्‍यता र चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लि. का अध्यक्ष हरिशनन्द्र सुवेदीको आतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध ११ वटा साकोसका प्रोवेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक संस्था पुष्पाञ्‍जली साकोसका सञ्‍चालक तथा पुर्व अध्यक्षहरु, शेयर सदस्यहरु तथा नेफ्स्कून नारायणगढ फिल्ड इन्चार्ज यमकला पौडेलको उपस्थितिमा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्‍न भएको थियो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *