नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्‍न


दाङ्ग । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सङ्‍घ लि. नेफ्स्कून फिल्ड कार्यालय दाङ्गको आयोजनामा दाङ्गको घोराहीमा एक दिने नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्‍न भएको छ । नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति संयोजक तथा नेफ्स्कून सञ्‍चालक सन्दिप सापकोटाको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्‍न भएको थियो । कार्यक्रममा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिती दाङ्गका सदस्यहरु, जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ दाङ्गका पदाधिकारीहरु र जिल्लाका ३६ वटा बचत तथा ऋण सहकारी संस्था का ५५ जना अध्यक्ष तथा व्यवस्थापकहरुको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी सङ्‍घ दाङ्गका अध्यक्ष गोबिन्दप्रसाद शर्मा, घोराही उ.म.न.पा. सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाल लगायतले नेफ्स्कूनले साकोस विकासमा महत्वपूर्ण भुमीका खेलेको बताउनुभयो । नेफ्स्कून महिला सशक्तिकरण उपसमिति सदस्य हुमा डि.सी., नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य हेमन्त योगी, अञ्‍जनकुमार पौडेल, शिवध्वज मल्ल, धिरेन्द्र कुमार शाक्य, रमा आचार्य लगायतले नेफ्स्कूनले साकोसहरुका लागी दिने सेवा तथा व्यवसायको बारेमा जानकारी दिन आज कार्यक्रम राखिएको भन्दै खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कून महासचिव दामोदर अधिकारीले सदस्यहरुको जीवनस्तर सुधार गर्नु नै सहकारीको अन्तिम लक्ष्य भएको र यसमा कसैले पनि कुनै पनि सम्झौता गर्न नपाइने बताउनुभयो ।

वित्तिय सहकारीमा जतीबेला पनि संकट आउन सक्ने भएकोले यसमा एकदमै सजक हुनुपर्ने बताउनुभयो । स्थिरीकरण कोष र सहकारी प्रवर्द्धन कोष सहकारीको हितको निम्ति भएकोले यसमा सहभागी हुन समेत महासचिव अधिकारीले आग्रह गर्नुभयो । नेफ्स्कूनको सेवा तथा व्यवसायमा सक्रिय सहभागीता जनाउन आग्रह गर्दे स्तरीयकरण कार्यक्रमहरु कर्बस , प्रोवेसन तथा एक्सेस कार्यक्रममा सहभागीता जनाई साकोसलाई गुणस्तर बनाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम संयोजक सन्दिप सापकोटाले नेफ्स्कूनका विभिन्‍न सेवा तथा व्यवसायमा सक्रिय सहभागीताको लागी अनुरोध गर्नुभयो । साकोसका म्यानेजरहरु लाई लक्षीत गर्दै साकोस सफलताका प्रमुख खम्बाहरु म्यानेजर भएकोले आफ्नो व्यवस्थापकिय क्षमता बृद्धि गर्दै साकोस सञ्‍चालनमा सफलता प्राप्त गर्न आग्रह गर्नुभयो । प्लना पोलीसी र प्रोग्रामको बारेमा चर्चा गदै सञ्‍चालक सापकोटाले अबको युवा पुस्ता साकोस मार्फत युवा उद्यमी बन्‍नुपर्ने र देशको अर्थतन्‍त्रमा मजभुत पार्नुपर्नेमा जोड दिनुभयो ।

फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरतबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेफ्स्कूनको सेवा तथा व्यवसायको बारेमा नेफ्स्कून दाङ्ग फिल्ड कार्यालयका इन्चार्ज बेदप्रसाद भट्टराईले विशेष प्रस्तुती प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्‍चालन तथा सहजिकरण नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका सदस्य एवम जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घका अध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन