कास्कूनको आयोजनामा जोखिम विश्लेषण कार्यशाला सम्पन्‍न


काठमाडौं । नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौंको सामाखुसीमा माघ १३ गते साकोस जोखिम विश्लेषण कार्यशाला आयोजना गरिएको छ । साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं बचत तथा ऋण सहकारी सङ्‍घ लि. कास्कूनको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा काठमाडौं जिल्लाका ११ बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता कास्कूनका सञ्‍चालक राजकुमार खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि कास्कूनका कोषाध्यक्ष निरञ्‍जन सेढाई हुनुभएको थियो । दुवै वक्ताहरुले सार कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै बचत तथा ऋण सहकारीहरुलाई आफुले गरेको कमी कमजोरीहरु पत्ता लगाई सुशासनमा सञ्‍चालन गर्न र कार्यक्रम प्रभावकारी हुने दावी गर्नुभयो । उहाँहरुले सार कार्यक्रमले वित्तीय स्थायित्व, सुरक्षा र दिगोपनामा जोड दिने तर्क प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सङ्‍घ साझेदारी कार्यक्रम अन्तर्गत कास्कूनकी सम्पर्क व्यक्ति प्रशासन अधिकृत सविता न्यौपानेले सहभागीहरुलाई धन्यवाद दिदैं साकोसहरुलाई दिगो रुपमा सञ्‍चालन गर्न जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा सहभागी हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ सहायक मनोहर आचार्यले सहजिकरण सहयोग गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न