शिवम साकोसको दोस्रो सेवा केन्द्रको उद्घाटन


काठमाडौं । शिवम वचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो सेवा केन्द्र बुढानिलकण्ठ-१२, तेन्जिङ्गचोकमा आज उद्घाटन गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उद्घाटन गर्नुभएको कार्यक्रममा विषेश अतिथि वुढानिलकण्ठ न.पा. का.वडा नं. १२ का वडा अध्यक्ष शम्भुप्रसाद भटराई र गोकणेश्वर न.पा. का. वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार राजिव थापाको उपस्थिति थियो । संस्थाका अध्यक्ष नवराज राउत, उपाध्यक्ष सुनिल भट्ट, सचिव दिनेश पुरी, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रमुख व्‍यवस्‍थापक राजेन्द्र श्रेष्ठ, संस्थाका सेवा केन्द्र प्रमुख रेणु श्रेष्ठ, जोरपाटी सेवा केन्द्र प्रमुख श्रीधर पोखरेल लगायत आजको कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

३ प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि संस्थाको सेवा केन्द्रको औपचारिक उद्घाटन भएको थियो भने वटुकहरुले स्वस्तिक वाचन गरेका थिए । उद्धव रायमाझिले स्वागत मन्तव्‍य राख्नुभएको कार्यक्रममा अध्यक्ष नवराज राउतले संस्थाको गतिविधि बारे प्रकाश पार्नुभएको थियो । बुढानिलकण्ठ न.पा.का वडा अध्यक्षहरुको तर्फबाट वडा नं १२ का वडा अध्यक्ष शम्भुप्रसाद भटराईले शुभकामना मन्तव्‍य राख्नुभएको थियो ।

वुढानिलकण्ठ न.पा. का. मेयर उद्धव प्रसाद खेरलले पनि शुभकामना मन्तव्‍य राख्नुभएको थियो । गोकणेश्वर न.पा. का. वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार राजिव थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन