वीरेन्द्रनगर साकोस सुर्खेतको संस्थागत विकास तालिम नेपालगञ्‍जमा सम्पन्‍न

नेपालगञ्‍ज । सुर्खेतस्थित वीरेन्द्रगर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा ३ दिवसीय संस्थागत विकास तालिम माघ १४ गते सम्पन्‍न भएको छ । नेपालगञ्‍जमा सञ्चालित संस्थागत विकास तालिममा आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सल्लाहकार, शेयर सदस्य र उच्च व्यवस्थापन सहित कुल २५ जनाको सक्रिय सहभागिता थियो । उक्त तालिम कार्यक्रममा वीरेन्द्रनगर साकोसका अध्यक्ष तथा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सुर्खेतका सदस्य बमबहादुर वि.सि.ले साकोस सुर्खेत जिल्लाकै बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये बढी पूँजी र बढी सदस्य सहभागिता सहित सदस्य सेवा केन्द्रीत रहेको बताउनुभयो । संस्थाको निरन्तर सफल सञ्चालन व्यवस्थापन मार्फत सदस्य मैत्री सेवा प्रवाह गरी सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक जीवनस्तर सुधारलाई तिव्रता दिन र संस्थाको परिकल्पना समुदायमा आधारित दिगो, उत्कृष्ट र व्यवसायिक साकोस पूरा गर्न संस्थाका सवै सञ्‍चालक समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, व्यवस्थापन र सदस्यहरुको समेत क्षमता विकासका लागि तालिम तथा शिक्षा कार्यक्रमहरुलाई प्राथमिकताका साथ निरन्तरता प्रदान गर्दै जाने बताउनुभयो ।

कार्यक्रमको समापनका क्रममा ऋण उपसमिति संयोजक रमेशकुमार सापकोटाले कार्यक्रम सोचे भन्दा बढी प्रभावकारी रहेको र सिकाई व्यवस्थापनमा संस्था तत्कालै देखि गतिशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै शिक्षा उपसमिति संयोजक सुरेशकुमार वि.सि. ले सदस्यमैत्री सहकारी सञ्चालन र सेवा व्यवस्थापनका लागी तालिम तथा शिक्षा कार्यक्रमहरु निरन्तर आवश्यक रहेको र सिकाई अदानप्रदानका लागी सङ्‍घ संगको सहकार्य निरन्तर रहने बताउनुभयो । तालिम कार्यक्रम सहजिकरण सङ्‍घका प्रशासन तथा समन्वय प्रमुख सञ्‍जयराज तिमिल्‍सेना र क्षेत्रीय कार्यालय नेपालगञ्‍जका वरिष्ठ अधिकृत दीपकप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन