एकै दिन काभ्रेका ३ साकोससँग CURBS कार्यक्रममा सम्झौता


काठमाडौं । आज एकै दिन काभ्रेपलाञ्चोक जिल्लाका ३ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध भएका छन् । यस सम्बन्धमा नेफ्स्कूनको वनेपास्थित बाग्‍मती प्रदेश कार्यालयमा सम्झौता सम्पन्‍न भएको हो । आज वनेपास्थित ३ वटा साकोसहरु उग्रतिर्थ, दुमो र शुलभसँग CURBS कार्यक्रमको सम्झौता भएको हो ।

नेफ्स्कूनको बाग्‍मती प्रदेश कार्यालय वनेपामा सम्पन्‍न सम्झौता कार्यक्रममा उग्रतिर्थ साकोसका तर्फबाट सचिव शान्तमणि रिजाल, दुमोका तर्फबाट अध्यक्ष विकास रम्तेल र व्यवस्थापक दिपक रम्तेल र शुलभ साकोसका तर्फबाट व्यवस्थापक रमेश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो भने नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृतद्वय रामकृष्ण भट्टराई र कोमलराज अधिकारी तथा प्रदेश कार्यालय वनेपाका इन्चार्ज राम सापकोटा उपस्थित हुनुहुन्थ्यो ।

आजको सम्झौताले नेफ्स्कूनले आफ्ना सदस्यहरुको विश्‍वसनियता, गुणस्तरीयता र दिगोपनाका लागि सञ्चालन गर्दै आएको गुणस्तर सुनिश्‍चितता सम्बन्धी विभिन्‍न कार्यक्रमहरुमा सदस्यहरुको आकर्षण बढ्दै गएको थप पुष्टि भएको कार्यक्रम अधिकृत भट्टराईले दावी गर्नुभयो । आजको सम्झौतासँगै काभ्रे जिल्लामा CURBS.कार्यक्रममा आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या १३ पुगेको भट्टराईले जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन