नेफ्स्कूनको अर्धवार्षिक समिक्षा अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न
नेपालगञ्ज । नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा चालु आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समिक्षा तथा फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न भएको छ । सङ्घका महासचिव एवं नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा सङ्घका कोषअध्यक्ष दिपक पनेरु, सञ्चालकहरु यज्ञप्रसाद ढकाल, माधव जोशी र सन्दिप सापकोटा, सङ्घका कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, लुम्बिनी प्रदेश सहकारी विकास वोर्ड सदस्य हुमा डिसी, जिल्ला बचत सङ्घका अध्यक्षहरु, फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु, सङ्घको उच्च व्यवस्थापन र फिल्ड कार्यालय इन्चार्जहरुको सहभागिता थियो । सङ्घका कोषाअध्यक्ष दिपक पनेरुले स्वागत एवम् कार्यक्रमको औचित्वमाथि प्रकाश पार्नुभएको थियो भने महासचिव दामोदर अधिकारीले अभियानको जिम्मेवारी, योजना तथा मार्गदर्शनका सम्बन्धमा उत्प्रेरणा मुलक प्रस्तुतिकरण गर्नुभएको थियो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सङ्घको वर्तमान अवस्था र उपलब्धिहरु सहितको प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय कार्यलयको वार्षिक वित्तीय लक्ष्य र उपलब्धि सहितको प्रस्तुतिकरण वरिष्ठ अधिकृत दिपकप्रसाद ढुङ्गानाले गर्नुभएको थियो । कार्यक्रममा ५ वटै फिल्ड कार्यालयबाट समस्या तथा चुनौतिहरु सहितको फिल्डगत प्रस्तुतिकरण गरिएको थियो । गोष्ठीको समापन कार्यक्रममा सङ्घका महासचिव अधिकारीले सङ्का वृद्धि र विकासका लागि फिल्ड कार्यालयहरुबाट प्राप्त सुझावहरु निकै मत्वपूर्ण रहेको मनन गदै आगामि दिनहरुमा फिल्डगत रुपमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने धारण राख्नुभयो । गोष्ठीमा सबै उपसमितिका सदस्यहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका वरिष्ठ अधिकृत दिपकप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।