दाङमा सदस्य सम्बन्ध तथा बजारिकरण क्षमता विकास तालिम सुरु

दाङ । नेफ्स्कून जिल्ला बचत सङ्‍घ साझेदारी कार्यक्रम अन्तर्गत दाङमा २ दिवसीय सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता विकास तालिम सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ दाङको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका ५ सिसहनिया स्थित देउखुरी साकोसको सभाहलमा तालिम सुरु भएको हो ।

जिल्ला बचत सङ्‍घ दाङका सचिव विमल अधिकारीको अध्यक्षता एवम् नेफ्स्कून फिल्ड व्‍यवस्‍थापन उपसमिति सदस्य शिवध्वज मल्लको प्रमुख आतिथ्यतामा आयोजित सुरु तालिमको सहजीकरण नेफ्स्कुनका वरिष्ठ अधिकृत एवम् क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख दिपकप्रसाद ढुङ्‍गानाले गर्नुभएको छ भने कार्यक्रमको व्‍यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज वेदप्रसाद भट्टराईले गर्नुभएको छ ।

तालिममा देउखुरी क्षेत्रका ११ वटा बचत तथा ऋण सहकारी संस्थाका २८ जनाको सहभागिता रहेको छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *