कास्कूनको आयोजनामा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्‍न


काठमाडौं । नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गत आयोजित २ दिने ‘बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम’ आज सम्पन्‍न भएको छ । कास्कूनले रणनीतिक लक्ष्य अनुरुप आफ्ना सदस्य संस्थाहरुलाई विभिन्‍न किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । जिल्ला सङ्‍घ साझेदारी कार्यक्रम अन्तर्गत कास्कूनले मझौला किसिमका तालिमहरुलाई पछिल्लो समय तीव्र रुपमा सञ्चालन गर्दै आएको छ ।

कास्कूनको आयोजना रहेको २ दिने तालिमको सहजिकरण सङ्‍घका व्यवस्थापक अरुणकुमार तिवारीले गर्नुभएको थियो । तालिममा काठमाडौं जिल्लास्थित विभिन्‍न बचत तथा ऋण सहकारीका ३४ बजार प्रतिनिधिहरुको सहभागिता थियो । आजको समापन कार्यक्रमका प्रमुख अतिथि कास्कूनका सचिव सालिकराम पुडासैनीले सहभागीहरुलाई प्रमाण-पत्र वितरण गर्दै तालिमबाट प्राप्त शिक्षालाई व्यवहारिक परिणति प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबै साकोसहरुले सदस्यमैत्री व्यवहार गर्ने, सदस्यहरुसँग मात्र कारोवार गर्ने, रणनीतिक व्यवसायिक योजना निर्माण गरी निर्दिष्ट योजना र लक्ष्य अनुरुप काम गर्ने र सदस्यहरुसँग नियमित सम्पर्क कायम गरी हरेक किसिमका वित्तीय र गैर वित्तीय समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरुको ध्यानाकर्षण गराउनुभयो ।

समापन कार्यक्रम सञ्चालन कास्कून कलङ्‍की सेवा कार्यालय प्रमुख लव सिंखडाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन