निर्धनको १३४ औं शाखा डोल्पामा


डोल्पा १४ मंशिर   निर्धन उत्थान बैंक लि. ले आफनो १३४ औं शाखा कर्णाली अञ्चलको डोल्पामा बिधिबत उद्दघाटन गरेको छ ।

आगामी चैत्र मसान्त सम्म देशका ७५ अ‍ै जिल्लामा आफनो बैंकिङ कार्यक्रम मार्फत गरीब जनतालाई बित्तिय सेवामा पहुंच पूर्याउने उद्देश्य लिएको बैंकको शाखा डोल्पा जिल्लाका प्रमुख अधिकारी दिबाकर लुइटेलले बिधिबत उद्दघाटन
गरेका हुन ।
उद्दघाटन सत्रमा आफनो मन्तब्य ब्यक्त गर्दै प्रजिअ लुइटेलले साना कर्जाको माध्यमबाट बित्तिय सेवामा पहुच नपुगेका जनतालाई जीबन स्तरमा सरलिकरण हुनुका साथै कर्णाली अञ्चलमा पुगेर निर्धनले गरीबिको रेखामुनि रहेका र बित्तिय पहुचबाट बञ्चित जनतालाई लघुबित्त कार्यक्रमले केहि हद सम्म आर्थिक सक्षमतातर्फ उन्मुख गराउन सक्नेमा आफू बिस्वस्त रहेको बताए ।
बिशेष अतिथी समेत रहेका बैंकका क्षेत्रिय प्रबन्धक बिजय कुमार घिमिरेले आफना सदस्यलाई प्रथम कर्जा बितरण गर्दै जनताहरुको जिबनस्तर माथी उकास्न बैंक देशैभरी अभियानको रुपमा लागी परेको बताउदै डोल्पा जिल्लाका सुं , मझफाल, त्रिपुराकोट, दुनै, जुफाल, लावन, रह र शहरतारा गरी कुल आठ गा.बि.स.का ३५६७ घरधुरी माझ आफनो बित्तिय सेवा पुर्याउने लक्ष्य लिएको बताए । प्रबन्धक घिमिरेले यस अबधिमा बैंकको डोल्पा शाखाले १६२ जना सदस्य बृद्धि गरी करीब डेढलाख निक्षेप संकलन र एक लाख साठि हजार लघुकर्जा बितरण गरेको बताउंदै बैंकले १ लाख ५० हजार सम्म बिना धितो र ५ लाख सम्म धितोमा कर्जा प्रबाह गरी जनताको बित्तिय क्षेत्रमा पहुच पुर्याउने कार्यक्रम रहेको जानकारी गराए ।
कार्यक्रममा स्थानिय बिकास अधिकारी सन्तोष कुमार दहालले डोल्पाली जनतालाई उत्पादनमुलक क्षेत्रमा लाग्न निर्धन एक उत्प्रेरकको भुमिकामा उभिनुपर्ने बताउदै जनतालाई सिप बृद्धी गराउदै आयमुलक कार्यमा लगानी गर्नुपर्ने खांचो रहेको बताए । उन्ले महिला शशक्तिकरणको एक पाटो महिलालाई आर्थिक क्रियाकलापमा संलग्न गराउनु राष्ट्रकै दायित्व रहेको परीप्रेक्षमा निजि क्षेत्रबाट अभियानकै रुपमा थालनीहुनु आफैमा स्राहनिय कार्यको थालनी भएको जिकीर गरे ।
बैंकको शाखा उद्दघाटन तथा प्रथम कर्जा बितरण उक्त समारोहमा नेपाली कांग्रेसका महाधिबेसन प्रतीनिधि गौरी शंकर उपाध्याय, एमाओबादीका जिल्ला इन्चार्ज माल बहादुर रोकाया, सिटिजन्स बैंकका शाखा प्रबन्धक जग भण्डारी , पत्रकार महासंघ डोल्पाका संस्थापक अध्यक्ष बिष्णु देबकोटा लगायतका बक्ताहरुले बैंकले डोल्पा जस्तो अतिबिकट क्षेत्रमा आफनो कार्यक्रम बिस्तार गरी बित्तिय संकट टार्न लागीपरेकोमा स्राहना समेत ब्यक्त गरेका थिए ।
दुनै स्थित कुम्ली महिला समाजका अध्यक्ष देबीलक्ष्मी रोकायाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डोल्पा शाखाका शाखा प्रमुख प्रमोद रिजालले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले