प्रोवेशन बाग्‍मती क्लष्टर आवद्ध १० साकोसहरुको १५ औं PALM गोष्ठी सम्पन्‍न


भक्तपुर । बचत तथा ऋण सहकारीहरुमा सञ्चालित स्तरीकरण ब्रान्डिङ कार्यक्रम प्रोवेशन वाग्‍मती क्लष्टर दोश्रोमा आवद्ध १० ओटा संस्थाहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी १५ औं श्रृङ्खला सम्पन्‍न भएको छ । भाषासेवी मास्टर जगत सुन्दर साकोसका अध्यक्ष न्हुछेराम धुख्वाको अध्यक्षतामा सम्पन्‍न उक्त गोष्ठीमा प्रमुख अतिति नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, विशिष्ट अतिथि नेफ्स्कून सदस्य सेवा विभागिय प्रमुख दुर्गाप्रसाद ढकाल लगायतका १० ओटा संस्थाबाट ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परितोष पौडेलले नेपालको साकोस अभियानलाई विश्‍वको वित्तिय बजारमा भित्रएका नयाँ नयाँ प्रविधियुक्त तरिकाबाट सञ्‍चालन गर्नुपर्ने र त्यसका लागि साकोसका सञ्‍चालकहरुको व्यक्तित्व विकास हुनुपर्ने व्यक्तित्व विकासको आधारभूत मान्यताहरुको विषयमा चर्चा गर्नुभएको थियो भने अब हरेक साकोसहरुले आफ्ना सदस्यहरुलाई उद्यमि बनाई स्वरोगारीमा जोड दिनुपर्ने र त्यसका लागि नेफ्स्कून काम शुरु गरिसकेको र पहिलो लटमा करिब १०० जना उद्यमशिलता विकास सम्बन्धि प्रशिक्षकहरु तयार गरी अहिले गाउँ गाउँमा उक्त प्रशिक्षकहरु मार्फत उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्‍चालन शुरु भएको कुरा जानकारी गराउनुभयो र अब साकोस अभियानले प्रविधियुक्त सेवा सञ्‍चालन गर्नुपर्ने र त्यसका लागि नेफ्स्कूनले प्रकृया अगाडि बढाईसकेको कुरा समेत जानकारी गराउनुभएको थियो ।

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले अहिले पनि कोभिड समाप्त नभएको र साकोसमा जहिले पनि जुनसुकै जोखिमहरु आउनसक्ने सम्भावना रहने हुँदा हरेक साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण गरी अप्ठ्‍यारो अवस्थामा पनि सदस्य सेवा निरन्तरताको सुनिश्‍चित गर्नुपर्ने र साकोस अभियानले सञ्‍चालन गरेको स्‍तरीकरण कोषमा सहभागिता जनाई एउटा अभियानको शसक्त कोषको रुपमा निर्माण गर्ने कार्यमा साकोसहरुले योगदान गर्नुपर्ने यसले दिर्घकालमा साकोसहरुको सुरक्षाको कवजको रुपमा कार्य गर्ने कुरामा निश्‍चित हुन समेत आग्रह गर्नुभएको थियो । नेफ्स्कून कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नुभएको कार्यशालाले विभिन्‍न निर्णयहरु गर्दै आगामी १६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशला विश्‍वास साकोसको, भक्तपुरको अयोजनामा ०७८ साल वैशाख १७ गते शुक्रबार गर्ने निर्णय गर्दै सम्पन्‍न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन