सुनसरीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्‍न


इटहरी । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ लि. सुनसरीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून को साझेदारीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रम सम्पन्न भएको छ । सुनसरिको इटहरी क्षेत्रमा रहेका २२ बटा बचत तथा ऋण सहकारी संस्था का २१ जना पुरुष र ७ जना महिला गरी २८ जना को सहभागिता रहेको थियो ।

बचत संघ लि.सुनसरी को अध्यक्ष शिवराज श्रेष्ठको सभापतित्व र नेफ्स्कुनकी सञ्‍चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा CURBS कार्यक्रमको उद्देश्य, महत्व, सम्भावना र अवस्था दर्शाउने प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपालले साकोसहरुलाई नीति, विधि र प्रविधि मैत्री बनाउन नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु CURBS, PRBATION , ACCESS कार्यक्रममा सहभागी हुनुपर्ने र केन्द्रिय संघबाट यस्ता कार्यक्रहरुको विषयमा तालिम तथा गोष्ठीको माध्यमबाट सहजिकरण गरिने धारणा राख्नुभयो ।

गएको शुक्रबार आयोजित कार्यक्रममा सभापति श्रेष्ठले नेफस्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखेर कर्ब्‍स कार्यक्रम तथा तालिम, गोष्ठीहरु निरन्तर सञ्चालन गदै जाने बताउनुभयो । बचत संघ लि. सुनसरीका सचिव प्रलाद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रमको समापनमा संघकी वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले सहभागी सम्पूण साकोसहरुलाई बचत संघ सुनसरी मार्फत CURBS कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभएको संघका कर्मचारी खगेन्द्र प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न