काठमाडौं । नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रम कार्यान्वयनका सम्बन्धमा भोजपुरको आमचोक गाउँपालिकासँग आज सम्झौता भएको छ । आज नेफ्स्कून केन्द्रीय कार्यालयमा उक्त नवीन कार्यक्रममा सम्झौता भएको हो । सम्झौतामा गाउँपालिकाका अध्यक्ष अशोक राई र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको हो । नेफ्स्कूनले विशेष गरी पिछडिएको क्षेत्रका सहकारीहरुलाई गुणस्तरीय, दिगो र वित्तीय रुपमा सक्षम बनाउने अभिप्राय सहित ३३ औं स्थापना दिवसमा यो कार्यक्रमको औपचारिक सुरुवात गरेको थियो ।
सोही अनुरुप आमचोक गाउँपालिकासँग आज भएको सम्झौता प्रदेश नं १ को भोजपुर जिल्लामै पहिलो हो । हाल विभिन्न स्थानीय निकायहरुले नेफ्स्कूनसँगको सहकार्यमा आधारशिला कार्यक्रम मार्फत आफ्नो क्षेत्रका सहकारीहरुलाई गुणस्तरीय र सुशासित बनाउने कामको थालनी गरेका छन् । यसै सिलसिलामा विभिन्न स्थानीय निकायहरुसँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमले सहकारी संस्थाहरुको प्रवर्दन, विकास र व्यवस्थापमा सहजिकरण गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सेना, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, वरिष्ठ अधिकृत नवीनराज दाहाल, गोङ्गबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी, अनुगमन अधिकृत शौभाग्य भट्टराई लगायतको उपस्थिति थियो
Leave a Reply