चन्द्रागिरी नगरपालिकाको सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम


काठमाडौं । चन्द्रागिरी नगरपालिकाको प्रयोजन, चम्किला तारा महिला साकोसको व्यवस्थापन र शान्ति महिला कृषि समूहको आयोजनामा सात दिने साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम कार्यक्रमको आज छैटौं दिन सहभागीहरुका लागि साबुन बनाउने तालिम प्रदान गरिएको छ । प्रशिक्षक सञ्जित आलेमगर र चम्किला तारा महिला साकोसकी कोषाध्यक्ष सीतादेवी सिग्देलले आज उद्यम विकास तालिमका १५ सहभागीहरुलाई झोल साबुन बनाउने तालिम दिनुभयो । माघ १४ गते चन्द्रागिरी नगरपालिका १२, हरियालीस्थित सञ्चालित तालिमको उद्घाटन नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभएको थियो ।

उहाँले महिलाहरुलाई उद्यमशीलता विकासमा जोड्दै आर्थिक शसक्तिकरणमा उल्लेखनीय योगदान गर्न स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तालिम उद्घाटन सत्रमा विशेष अतिथिमा सोही नगरपालिकाकी उपमेयर लिशा नकर्मी हुनुहुन्थ्यो । सात दिने उक्त तालिममा महिलाहरुलाई उद्यम विकास, आम्दानीका स्रोत पहिचान, सफल उद्यमीका गुणहरु, व्यवसाय विकासका सम्भावना, झोल सावुन निर्माण लगायत विविध विषयमा तालिमहरु प्रदान गरिएको छ । सात दिने उक्त तालिमको अध्यक्षता शान्ति महिला कृषि समूहकी संयोजक सविना सञ्‍जेलले गर्नुभएको छ । अध्यक्ष तारा रानाको नेतृत्वमा सञ्चालित चम्किला तारा महिला साकोस महिला सञ्चालकहरुद्वारा सञ्चालित साकोस तालिम भोलि समापन हुँदैछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन