काभ्रेमा स्थानीय बासिन्दाहरुका लागि निःशुल्क आँखा शिविर

काभ्रे । जिल्लाको बनेपास्थित बिन्‍दबासिनी बचत तथा ऋण सहकारी संस्था लि.को ढुंखर्क सेवा कार्यालय, रेयुकाई एईको मासुनागा आँखा अस्पताल वनेपा र बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर वेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउमा अवस्थित स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । सामाजिक तथा सामुदायिक उत्तरदायित्व अन्तर्गत अन्धोपन निवारण गर्ने मूख्य उद्देश्यले भुग्देउ लगायत आसपासका क्षेत्रका स्थानीय वासिन्दाहरुलाई निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । उक्त आँखा शिविरमा भुग्देउ लगायत आसपासका ३०१ जनाको आँखाका बिरामीहरुले आँखाको परीक्षण गरेका थिए भने ९२ वटा चस्मा एवं आवश्यक औषधी निःशुल्क वितरण गरिएको बिन्दबासिनी साकोसका सूचना अधिकारी मित्रप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तिमिल्‍सेनाको प्रमख आतिथ्यता रहको उक्त कार्यक्रममा विन्दबासिनी साकोसका सञ्‍चालक समितिका सदस्य गोविन्दप्रसाद अधिकारीले उपस्थित सम्पूर्णमा स्वागत गर्दै कार्यक्रमको औचित्यता बारे जानकारी गराउनुभएको थियो ।

बेथानचोक गाउँपालिकाका प्रशासकीय प्रमुख राजेन्द्र भण्डारी, बेथानचोक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु तामाङ, स्वास्थ्य चौकी प्रमुख किरण न्यौपाने लगायत बिन्‍दवासिनी साकोसका समिति, उपसमिति एवं कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको समुद्घाटन बेथानचोक गाउपालिका अध्यक्ष प्रेमवहादुर तिमिल्‍सेना आँखा परीक्षण गराई शुभारम्भ गरिएको थियो । उक्त आँखा शिविरमा ४० जना मोतियाविन्दुको विरामीहरु देखिएको परीक्षणमा संलग्‍न प्राविधिकहरुले बताएका छन । आँखा परीक्षणबाट पहिचान भएका मोतियाविन्दुका विरामीहरुलाई निःशुल्क अपरेशन, कोरोना परीक्षण तथा अस्पताल सम्मको आतेजाते यातायातको व्यवस्था समेत गरिने आयोजकले जानकारी दिएको छन् ।

नियमित निःशुल्क आँखा परीक्षण गरी गाउँपालिका भित्र अन्धोपन निवारण गर्न आ.व.२०७७।०७८ को लागि बिन्‍दबासिनी साकोस, बेथानचोक गाउपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बीच त्रिपक्षीय संझौता गरी निःशुल्क आँखा परीक्षण कार्यक्रम प्रारम्भ गरिएको बिन्‍दबासिनी साकोसका प्रमुख व्यवस्थापक के.बि. लामा स्याङ्तानले जानकारी दिनुभयो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *