ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सम्पन्‍न


ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा २ दिने ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍कन तालिम आज सम्पन्न भएको छ । माघ १८ र १९ गते आयोजित तालिममा पहिलो दिन धितो मुल्याङ्‍कन सम्‍बन्‍धमा इन्जिनियर राजेन्द्र गौतमले सहजिकरण गर्नुभएको थियो भने दोस्रो दिनको सहजीकरण ऋणको कानुनी प्रक्रिया सम्बन्धमा नेफ्स्कूनका कानुनी सल्लाहकार रामचन्द्र सिम्खडा र वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्‍सेनाले गर्नुभएको थियो । तालिममा ललितपुर ,काठमान्डौ, सिन्धुपाल्चोक र गोरखा जिल्लाका विभिन्न संंस्थाहरु बाट २० महिला र २४ पुरुष गरी ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन सत्र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । सहभागी मध्ये ४ सहभागीले तालिमबाट प्राप्त सिकाइ तथा अनुभवहरु सुनाउनुभएको थियो । उहाँहरुले महत्त्वपूर्ण विषयमा आयोजना गरिएको तालिमले ऋण लगानीमा अझ धेरै जिम्मेवार हुन सहयोग पुगेको, विविध कानुनी विषयमा जानकारी भएको जस्ता धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून महासचिव दामोदर अधिकारीले संघले साकोस अभियानलाई मजभूत बनाउन विभिन्न कार्यक्रम संचालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनुपर्ने धारणा राख्दै तालिमको विषय पूर्ण प्राविधिक भएकोले सहभागीले सिकाइलाई संस्थामा लागू गर्न सकेको खण्डमा मात्रै यसको सार्थकता प्रमाणित हुने धारणा व्यक्त गर्नुभयो ।

नेफ्स्कून कोषाध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष दिपक पनेरुले संस्था संचालन गर्दा कानुनी पाटोलाई ध्यान दिनुपर्ने कानुनी विषयमा हेल्चक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी विषयलाई मिचेर कसैले काम गर्नु भनेर कसैले दबाब दिन्छ भने व्‍यवस्‍थापक वा कर्मचारीले यस्ता काम गर्न सक्दिन भन्‍न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थामा लागु हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । समसामयिक विषयमा सञ्चालित तालिम उपयोगी भएको सहभागीहरुको धारणा रहेको थियो । यसै विषयमा अन्य २७ संस्थाबाट माग भएको जानकारी गराउँदै प्रमुख गौतमले फागुन दोस्रो हप्ता अर्को तालिम सन्चालन गर्ने तयारी गरिएको साकोस आवाजलाई बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण