सदस्य सेवा केन्द्र विस्तारमा सिवाईसी साकोसको जोड


बागलुङ । जिल्लाको सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. ले पर्वतको कुस्मा बजारमा १८औं सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । गुप्तेश्वर सदस्य सेवा केन्द्रको नाममा आज उद्घाटित कार्यालयबाट भोलिदेखि सदस्य सेवा सुचारु हुने संस्थाले जनाएको छ । सोमबार मात्रै संस्थाले जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको थियो भने बुधबार बेनी नगरपालिका–८, बेनीबजार म्याग्दीमा बेनी सदस्य सेवाकेन्द्र शुभारम्भ गरेको थियो ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुने खानेको पैसा हुँदा खान सम्म पुर्‍याउने र हुने खानेलाई हुने खाने बनाउने उद्देश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उहाँको भनाई छ । १३ हजार ४ सय ४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार ६ सय ६५ बचत सङ्‍कलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ ।

सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल,इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो । सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्‍‍‍यान्‍स सेवाहरुसँगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्‍न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न