महिला साकोसबीच एकीकरण घोषणा सभा एवम् सम्मान कार्यक्रम


चितवन । हिमाली बचत तथा ऋण सहकारी संस्था लि. र ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को आज एकिकरण घोषणा सभा एवंम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ । सभाध्यक्ष भवानी देवी अधिकारी प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य मानीय उमा रेग्मी, विशिष्ट अतिथि नेफ्स्कून सञ्‍चालक सदस्य विद्या कोइराला, अतिथिहरु अथर्व साकोस अध्यक्ष बिजय लम्साल नेफ्स्कून फिल्ड कार्यालय चितवनकी इन्चार्च यमकला सुवेदी तथा दुवै सस्थाका सल्लाहाकारहरु तथा शेयर सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्‍न गरिएको थियो भने एकीकरण पछि केन्द्रीय कार्यालय हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर महानगरपालिका ११ मा रहने र सेवा केन्द्र हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर महानगरपालिका २ मा ब्राह्मी महिला सेवा केन्द्र रहने जानकारी समेत दिइएको थियो ।

उक्त कार्यक्रममा संस्थाको पहिचान सहित को विषयमा तदर्थ समिति संयोजक भवानीदेवी अधिकारीले जानकारी गराउनुभएको थियो भने सस्थाकी व्यवस्थापक सजना श्रेष्ठले संस्थाको वित्तीय कारोबारको झलक प्रस्तुत गर्नुभएको थियो । आजकै कार्यक्रममा जेष्ठ नागरिक, असल बचतकर्ता , असल ऋणी, सदस्यता विस्तार , पूर्व सल्लहाकार एवं कानुनी सल्लहाकार, व्यवस्थापक समेतलाई सम्मान पत्र र प्रसंशा पत्र , मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्‍चालक गीता केसी ले गर्नुभएको थियो भने स्वागत मन्तव्‍य मिना कुमारी पाण्डेले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्‍य दिनुहुने प्रमुख अतिथि संबिधान सभाका पूर्व सदस्य उमा रेग्मी नेफ्स्कून सञ्‍चालक विद्या कोइराला, हिमाली साकोसका सस्थापक अध्यक्ष तेजमाया पौडेल, ब्राह्मी महिला साकोसकी सस्थापक अध्यक्ष शशी श्रेष्ठ, सल्लाहाकारहरु केशवकुमार श्रेष्ठ, टंकप्रसाद पौडेल ,शालिग्राम शर्मा पौडेल, प्रकाश कँडेल, कानुनी सल्लाहाकार कृष्णहरि देवकोटा, नेफ्स्कून फिल्ड कार्यालय चितवनका इन्चार्च यमकला सुबेदी लगायतले शुभकामना मन्तव्‍य संथाको संस्थागत विकास, नीति, विधि र प्रविधिको माध्यमबाट सदस्यको सेवा र सुविधामा सदैव अग्रगामी भूमिका खेली चितवन को नमुना महिला सहकारी बन्‍नको लागि मार्गनिर्देशन सहित शुभेच्छा व्‍यक्‍त गर्नुभएको थियो ।

उक्त घोषणा सभाको उद्घाटन कार्यक्रम समापन पश्‍चात बन्द सत्र सुरुवात गरी सर्वसम्बत रुपबाट नवौ सदस्यीय सञ्‍चालक समिति अध्यक्ष भवानीदेवी अधिकारी, उपाध्यक्ष मिनाकुमारी पाण्डे, सचिब गीता केसी अधिकारी ,कोषाध्यक्ष सरला घिमिरे आचार्य, सदस्य विद्या कोइराला, सदस्य निर्मला शर्मा, सदस्य डिकमया भट्टराई, सदस्य सरस्वति ढकाल, सदस्य सरिता लामिछाने, त्यसैगरी, लेखा सुपरिवेक्षण समिति का संयोजक इन्दिरा घिमिरे, सदस्य मेनुका मल्ल हमाल, सदस्य लक्ष्मी गोदार कार्की निर्विरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समितिका संयोजक सारदा खनालले सर्वसम्वत निर्वाचन गराउन सहयोग गर्नुहुने सबैलाई बधाई तथा धन्यवाद दिनुभयो । यसैगरी नवनिर्वाचित अध्यक्ष भवानी देवी अधिकारीले कार्यक्रमको समापन गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन