बङ्गलामुखी साकोसको संस्थागत विकास तालिम सम्पन्न
भक्तपुर । बङ्गलामुखी साकोसको संस्थागत विकास तालिम आज सम्पन्न भएको छ । भक्तपुरको नगरकोटमा यही माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित तालिममा २२ जनाको सहभागिता थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले तालिमको सहजिकरण गर्नुभएको थियो ।

आज आयोजित संक्षिप्त समापनमा समारोहमा तालिमका सहभागी तथा संस्थाका अध्यक्षद्वारा तालिममा सिकेका कुरा संस्थामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । सहभागीहरुलाई प्रशिक्षणकद्वारा प्रमाण-पत्र वितरण गरि तालिम समापन गरिएको थियो ।