चन्द्रनिगाहपुर, रौतहट । नेफ्स्कूनले रौतहटको चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा आज चन्द्रनिगाहपुरमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका अन्तर्गत आर्थिक विकास समितिका संयोजक दुर्गा आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल हुनुहुन्थ्यो । यसैगरी कार्यक्रममा चन्द्रपुर नपा सहकारी विभाग हेर्ने चन्द्रकला बराल, नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभू पोखरेल लगायत स्थानीय ४५ सहकारी संस्थाका सञ्चालक समिति एवम् व्यवस्थापनका अधिकारीहरुको सहभागिता थियो ।
कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले आधारशिला कार्यक्रमको औचित्य र सम्भावना एवम् सहकारीहरुको विकासमा स्थानीय निकायहरुको भूमकिाका बारेमा प्रस्तुति गर्नुभएको थियो भने नेफ्स्कून सर्लाही फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकाल एवम् अनुगमन अधिकृत शौभाग्य भट्टराईले सहजिकरण सहयोग गर्नुभएको थियो ।
Leave a Reply