बुडोल सामुदायिकको वार्षिकोत्सव सम्पन्‍न


बनेपा । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २२ औँ वार्षिकोत्सव बनेपा ६, बुडोलस्थित चेतना केन्द्रमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा कोभिड–१९ को जोखिम मध्यजनर गरी सुरक्षाका उपायहरुसहित हिजो आयोजना गरिएको समारोहको ढाँचा विगत वर्षहरुको भन्दा फरक रहेको थियो । समारोहमा जसमा अतिथिहरुलाई आमन्त्रण गरिएको थिएन भने विविध साँस्कृतिक झाँक्रीहरुलाई पनि समावेश गरिएको थिएन । समारोहमा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आ.व. ०७६।०७७ मा उत्‍कृष्‍ठ हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता सदस्यहरु, उत्कृष्ट रक्तदाताहरु र संरक्षित पूँजी फिर्ताकोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव जयराम थापाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष एवं समारोहका सभापति कैलाश के.सी.ले गर्नुभएको थियो । समारोहको अवसरमा २६ औँ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु