सहकारीहरुले वार्षिक प्रतिवेदन बुझाउनुपर्ने


इटहरी । प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले आफ्नो नियमन अधिकार क्षेत्रभित्रका सहकारीहरुलाई आगामी फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इटहरीले सूचना प्रकाशित गरी सहकारीलाई वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७६/ ०७७ को को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन अनिवार्य पेश गर्न निर्देशन दिएको हो ।

कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारभित्रका सहकारी सङ्‍घसस्‍थाहरुको तथ्याङ्क अद्यावधिक गरी चाँडै पुस्तिका प्रकाशित गर्ने उद्देश्य लिएकाले प्रतिवेदन सङ्‍कलन कार्यलाई अभियानको रुपमा सञ्‍चालन गरेको जनाएको छ । तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने सहकारीलाई निष्क्रिय सूचीमा राखी पुस्तिका प्रकाशित गर्ने तथा प्रचलित कानून बमोजिम जरिवना लगायतको कारवाही समेत अगाडि बढाउने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

संघीय सहकारी विभागको तथ्यांक अनुसार प्रदेश १ मा कुल ४ हजार ७ सय ३७ सहकरी छन् भने सदस्य सङ्ख्या जम्मा ९ लाख ३५ हजार ७ सय रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन